शुक्रबार, वैशाख १४, २०८१
10:37 | १५:२२

अफगानिस्तानमा ८९ लडाकूसहित ४२ आमनागरिक मारिए  

रासस-सिन्ह्वा जुलाइ २६, २०२१

फाइल तस्बिर सिन्हा

काबुल–अफगानिस्तानमा भएका विभिन्न घटनामा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए ।

अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरुको मृत्यु भएको छ ।
लडाकूहरुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

“तालिवान लडाकूहरु मालिस्तान जिल्लामा प्रवेश गरी युद्ध अपराध गरी आम नागरिकको हत्या गरेका छन्, हत्या गरिएकाहरु लडाइमा संलग्न थिएनन्,” स्थानीय नागरिक अधिकारकर्मी मिना नाडेरीले भनिन् । लडाकूहरुले स्थानीयको सम्पत्ति समेत लुटपाट गरेको र सर्वसाधारणको वासस्थानमा आगजनी समेत गरेका उनले बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू