शुक्रबार, वैशाख १४, २०८१
17:16 | २२:०१

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

रासस/सिन्ह्वा जुलाइ २४, २०२१

संयुक्त राष्ट्रसंघ ९ साउन– सिरियामा पछिल्लो समय बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित देखिएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गर्दै चिन्ता व्यक्त गरेका हुन् । ति प्रवक्ताका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा बढेको छ । खासगरि सिरियाको उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

हिंसाबाट कयौं सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसाको निन्दा पनि गरेका छन् ।

संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधिहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू