बुधबार, वैशाख ५, २०८१
20:38 | ०१:२३

एनआरएनए यूकेका उमेदवारहरुको अन्तिम नामावली- तीनको उम्मेदवारी फिर्ता, कुनै खारेज भएनन् (सूची)

७ आइसीसी सदस्य निर्विरोध

नेपाली लिङ्क जुलाइ २२, २०२१

लन्डन । एनआरएनए यूकेको यही जुलाई ३१ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

यसअघि प्रकाशित प्रथम नामावलीमा दावीविरोध र प्रमाणिकरणको प्रक्रियापछि निर्वाचन समितिले बिहीबार दिउँसो अन्तिम सूची प्रकाशन गरेको हो ।  

निर्वाचन समितिका अनुसार यसअघि उम्मेदवारी दिनेमध्ये आइसीसी सदस्यका २ र स्कटल्यान्ड परिषद अध्यक्षका १ गरी तीन जनाले उम्मेदवारी फिर्ता गरेका छन् । तर उम्मेदवारीमाथि दावी विरोधका आधारमा कुनै पनि उम्मेदवारी खारेज भएको छैन ।  

आइसीसी सदस्यमा उम्मेदवारी दर्ता गरेका अर्कराज तिम्सिना र केदार थपलियाले उम्मेदवारी फिर्ता लिएपछि दिनेश घिमिरे, कोशलेश्वर ढकाल, एलएन पाण्डे, महेश अधिकारी, राजेन्द्र पुडासैनी, समिर खनाल र भिमलाल भट्टराई निर्विरोध भएका हुन् । 

स्कटल्यान्ड परिषदको अध्यक्षमा उम्मेदवारी दिएका तीनमध्ये शिवकान्त खरालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।  

उम्मेदवारहरुको अन्तिम नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू