शुक्रबार, वैशाख १४, २०८१
01:25 | ०६:१०

प्रा डा सुवेदीद्वारा नेपाल ल क्याम्पसलाई निजी पुस्तकालय र दश लाख सहयोग

नेपाली लिङ्क जुलाइ २२, २०२१

प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी

लण्डन । बेलायतमा विगत तीस वर्षदेखि अन्तरराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्रा डा सूर्य प्रसाद सुवेदीले आफ्नो निजी पुस्तकालय नेपाल ल क्याम्पसलाई प्रदान गर्ने भएका छन् ।

उक्त क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका डा सुवेदीले १० लाख रुपिया आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।

आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धि बहुमूल्य पुस्तकहरु र दश लाख रुपैंया नगद त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई चन्दास्वरुप प्रदान गर्ने डा सुवेदीले जनाएका छन् ।

बेलायतको हल विश्वविद्यालयवाट विशष्ट श्रेणीमा प्रथम भइ स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि जस्ता प्राज्ञिक क्षेत्रका सर्वोच्च उपाधि हासिल गर्दा आफूले अध्ययन गरेका एवम् प्राध्यापनका लागि किन्दै आएका ग्रन्थहरु उनले आफूले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिने निधो गरेका हुन् । यी सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउन लागेको समेत उनले बताए ।

लिड्स, लण्डन र अक्सफोर्ड विश्वविद्यालय लगायत संसारका सातवटा प्रतिष्ठत विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने उनले आशा गरेका छन् ।

उनले दिएको दश लाख रुपैंया नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरि त्यसको बार्षिक आयबाट प्रत्येक वर्ष क्याम्पसको पुस्तकालयमा नयाँ ग्रन्थहरु थप्दै जाने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू