मंगलबार, मंसिर १४, २०७८
00:19 | ०६:०४

प्रधानमन्त्री देउवा दाहाल निवासमा   

रासस जुलाइ २०, २०२१

प्रधानमन्त्री शेरबहादुर देउवा मङगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्›द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि दाहाल पत्नी अस्वस्थ छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू