बिहीबार, वैशाख १३, २०८१
11:45 | १६:३०

संयुक्त राष्ट्रसंघको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

रासस जुलाइ १८, २०२१

तस्बिर रासस

काठमाडौं । नेपाली सेना संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्रसंघको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।

राष्ट्रसंघले विभिन्न मिसनमा फौजको संख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण संख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये संख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमशः अग्रणी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू