शुक्रबार, चैत १६, २०८०
13:58 | १९:४३

कोरोनाका कारण एशियन सिनियर महिला भलिबलबाट नेपाल वञ्चित 

रासस जुलाइ १६, २०२१

काठमाडौँ–फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ ।

उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो ।

यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ ।

त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू