बुधबार, वैशाख १२, २०८१
06:38 | ११:२३

नेपालमा थप दुई हजार ३७० संक्रमित

रासस जुलाइ १२, २०२१

तस्वीर- रासस

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ३७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ६८९ पिसिआर परीक्षणमा एक हजार ६९० र तीन हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी जम्मा दुई हजार ३७० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार १३९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप एक हजार १३३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख २१ हजार २७ पुगेको छ ।

निको हुने दर भने ९४ दशमलव ५ प्रतिशत छ । अहिले देशभर २६ हजार ७१२ सक्रिय सङ्क्रमित छन् । यसमध्ये २३ हजार ९४७ जना होम आइसोलेशनमा रहेका छन् भने दुई हजार ७६५ संस्थागत आइसोलेशनमा छन् ।

कोरोनाका बिरामीमध्ये ५४९ जनाको आइसियु र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ को पिसिआर विधिबाट परीक्षण भएको छ ।

त्यस्तै, पछिल्लो समय कोरोनाका कारण १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नौ हजार ४०० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३३ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमा काठमाडौँमा सबैभन्दा धेरै २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू