बिहीबार, वैशाख ६, २०८१
13:41 | १८:२६

अधुरै रह्यो इंग्ल्याण्डको युरोकप सपना, इटलीलाई उपाधि

नेपाली लिङ्क जुलाइ ११, २०२१

जितपछि इटाली टिम । तस्बिर- एपी

लन्डन । घरेलु मैदानमा ऐतिहासिक युरोकप उपाधि हासिल गर्ने इंग्ल्याण्डको सपना अधुरै बनेको छ ।

आइतबार बेलुका लन्डन वेम्बलीमा सम्पन्न फाइनलमा इंग्ल्याण्ड इटलीसँग पेनाल्टीमा ३-२ ले पराजित बनेको हो ।  

यसपटकसंगै इटलीले जम्मा २ पटक युरोकपको उपाधि जितेको छ ।  उसले यसअघि सन् १९६८ को युरोकप जितेको थियो ।  

उता इंग्ल्याण्डले भने अहिलेसम्म युरोकपको उपाधि हात पार्न सकेको छैन ।  

५५ वर्षअघि सन् १९६६ मा विश्वकप जितेयता कुनै पनि महत्वपूर्ण अन्तरराष्ट्रिय उपाधि प्राप्त नगरेको इंग्ल्याण्डले यसपटक घरेलु मैदानमा उपाधि चुम्ने आशा लिएको थियो ।  

इटलीसँगको प्रतिस्पर्धात्मक फाइनलमा इंग्ल्याण्डको लागि ल्युक शाले खेलको दुई मिनेटमै गोल स्कोर गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा खेलको ६७ औं मिनेटमा इटलीले गोल फर्काएपछि खेल बराबरीमा फर्किएको थियो । अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू