शनिबार, वैशाख १५, २०८१
04:04 | ०८:४९

विश्वकप जितेको ५५ वर्षपछि युरो च्याम्पियन बन्ने आशामा इंग्ल्याण्ड

नेपाली लिङ्क जुलाइ ११, २०२१

लन्डन । युरोकप २०२० को फाइनलमा आज इंग्ल्याण्ड इटलीसँग भिड्दैछ । लन्डनको वेम्बलीमा बेलुका ८ बजे निर्धारित खेललाई इंग्ल्याण्डले ऐतिहासिक अवसरका रुपमा लिएको छ ।  

युरोकप इतिहासमा पहिलोपटक फाइनलसम्म पुगेको इंग्ल्याण्डले यसैपटक उपाधि उचाल्ने ठूलो आशा लिएको छ ।  

सन् १९६६ मा विश्वकप जितेको इंग्ल्याण्ड त्यसको ५५ वर्षपछि अर्को महत्वपूर्ण अन्तरराष्ट्रिय उपाधि जित्दै इतिहास रच्ने कोशिशमा छ ।  

युवा खेलाडीहरुको वर्चश्व रहेको इंग्ल्याण्डलाई आजको खेलमा घरेलु मैदानमा हजारौं दर्शकको प्रत्यक्ष साथ पनि महत्वपूर्ण हौसला बन्ने ठानिएको छ ।  

यसैबीच, फाइनल खेलको पूर्व सन्ध्यामा बेलायती महारानी एलिजावेथ द्वितीय र प्रधानमन्त्री बोरिस जोन्सनले पनि इङ्लिश् फुटबल टीमलाई जीतको शुभकामना दिंदै हौसला बढाएका छन् । महारानीले ५५ वर्षअघि इङ्लिश् टीमलाई विश्वकपको ट्रफी वितरण गर्दाको रोमान्चक क्षण समेत स्मरण गरेकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू