शनिबार, वैशाख ८, २०८१
20:55 | ०१:४०

इजरायलबाट ५८ थान भेन्टिलेटरसहित २० करोड बढीको स्वास्थ्य सामग्री नेपाल पुग्यो

रासस जुलाइ ८, २०२१

काठमाडौं । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उहाँहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ ।

नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

“नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्”, राजदूत डा शाक्यले भनिन्, “करिब रु २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करिब १८ टन छन् ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू