बिहीबार, चैत १५, २०८०
17:04 | २२:४९

इतिहास रच्दै इंग्ल्याण्ड पहिलो पटक युरोकप फाइनलमा

नेपाली लिङ्क जुलाइ ७, २०२१

लन्डन । इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा पुग्न सफल भएको छ ।  

बुधबार बेलुका लन्डनको वेम्बली स्टेडियममा करिब ६६ हजार दर्शकबीच भएको सेमिफाइनलमा डेनमार्कलाई २-१ गोलले हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।  

निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा रोकिएको खेलमा अतिरिक्त समयमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले निर्णायक गोल गरेका थिए ।

त्यसअघि खेलको ३० औं मिनेटमा गोल स्कोर गर्दै अग्रता लिएको डेनमार्ककै खेलाडीले ३९ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

युरोकपको फाइनलसम्म पुग्न सफल इंग्ल्याण्डका लागि यो सन् १९६६ यता कै ठुलो प्रतियोगितामा पहिलो अवसर हो ।

युरोकप २०२० को उपाधिका लागि आउंदो आइतबार हुने फाइनल खेलमा इंग्ल्याण्ड इटलीसँग भिड्ने भएको छ । 

मंगलबार बेलुका रोमान्चक सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा हराउँदै इटली फाइनल प्रवेश गरेको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू