शुक्रबार, वैशाख १४, २०८१
16:01 | २०:४६

गोर्खा मेमोरियल फण्ड यूकेको सहयोगमा झापामा स्वास्थ्य उपकरण

नेपाली लिङ्क जुलाइ ३, २०२१

लन्डन । द गोर्खा मेमोरियल फण्ड यूकेले नेपालमा कोभिडविरुद्धको लडाईंमा साथ दिंदै अत्यावश्यक स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

उक्त संस्थाले बेलायतबाट पठाएको ३० वटा अक्सिजन सिलिण्डर, १० हजार मास्क र ग्लोब्स्, २ हजार पीपीइ एवं स्यानिटाइजर मेचीनगर नगरपालिका झापामा हस्तान्तरण गरिएको हो ।

द गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष नगेन्द्र गुरुङ र महासचिव जगत गुरुङले शुक्रबार एक समारोहबीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर श्रीमति मिना उप्रेतीलाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

मेयर आचार्यले कोभिड महामारीका बेला बेलायतबाट जुटाइएको सहयोगले जिल्लामा ठूलो राहत मिलेको भन्दै दाताप्रति आभार व्यक्त गरे ।

द गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष धनकिरण गुरुङले समस्त सहयोगदाता, फण्डका ट्रष्टी र अन्य सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू