शनिबार, वैशाख १५, २०८१
20:13 | ००:५८

स्पेनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित 

रासस जुन २४, २०२१

काठमाडौँ । नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ ।

आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड –१९ का कारण स्थगन गरिएको हो । सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरयालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो । बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहेका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए ।

नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ । लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू