मंगलबार, चैत ६, २०८०
03:26 | ०९:११

मेलम्ची बाढीः बेपत्ताको खोजी जारी

रासस जुन १६, २०२१

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी । बाढीले लाखौँको जनधनसहित केहि दर्जन मानिसहरु हराइरहेका छन् । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं । अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ ।

जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तीनवटा हेलिकोप्टर आएका छन् । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गरेको जनाइएको छ ।

मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।

तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।

निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।

मंगलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू