मंगलबार, चैत ६, २०८०
08:49 | १४:३४

लेष्टर सिटीले उचाल्यो ऐतिहासिक एफए कप उपाधि

नेपाली लिङ्क मे १५, २०२१

 

लन्डन । चेल्सीलाई पराजित गरी लेष्टर सिटीले पहिलोपटक एफए कपको उपाधि जितेको  छ ।

शनिबार साँझ फाइनलमा युरी टेलिम्यान्सले अहिलेसम्मकै उत्कृष्ट गोल गरेपछि लेष्टरलाई ऐतिहासिक जीतको अवसर मिलेको हो ।  

खेलको ६३ औं मिनेटमा २५ यार्ड परबाट टेलिम्यान्सले गरेको प्रहार चेल्सीका गोलरक्षकले रोक्ने प्रयास गरेपनि टप कर्नरबाट गोल भएको थियो । यही निर्णायक गोलको मद्धतले लेष्टर विजयी बन्यो ।

खेलको अन्त्यतिर नाटकीय मोडमा लेष्टरका खेलाडीले आफ्नै  पोष्टमा गोल गर्न पुगे । तर भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अमान्य गरिदिएपछि लेष्टरको जीत सम्भव बन्यो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू