बुधबार, वैशाख १२, २०८१
08:29 | १३:१४

काठमाडौँमा मात्रै २ हजार ४५८ संक्रमित, ६ हजार १३५ निको भए

२०३ संक्रमितको मृत्यु

नेपाली लिङ्क मे १४, २०२१

काठमाडौँ–नेपालमा बितेको २४ घन्टामा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौँमा मात्रै २ हजार ४५८ संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट ८ हजार ४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा परीक्षण गर्दा ८ हजार बढीमा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

यसैगरी सक्रिय संक्रमितको संख्या पनि १ लाख ७ हजार ३३६ पुगेको छ । थप  ६ हजार १३५ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा २०३ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू