शुक्रबार, वैशाख ७, २०८१
22:26 | ०३:११

नेपाल सुपर लिग: काठमाडौँ र धनगढी फाइनलका लागि भिड्दै

रासस मे ११, २०२१

काठमाडौं–नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि मंगलबार काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । यो खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । 

यसका लागि मंगलबार पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । 

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले मंगलबार हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । 

दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल शुरु हुनेछ । लिग चरणमा ६ खेलमा १३ अंक जोड्दै काठमाडौँ पहिलो तथा १० अंक जोडेर धनगढी दोस्रो भएको थियो ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू