शुक्रबार, जेठ ४, २०८१
10:30 | १५:१५

नेपाल कोरोना अपडेट: संक्रमण दर निरन्तर बढ्दै

२४ घन्टामा ५० संक्रमितको मृत्यु

नेपाली लिङ्क मे ७, २०२१

काठमाण्डौं–नेपालमा बितेको २४ घन्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ९ हजार १९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट १९ हजार ९८७ र एन्टिजेन विधिबाट ४९५ जनाको परीक्षण गरिएको थियो । परीक्षणमा  क्रमशः ९  हजार २३ र १७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौं ३ हजार ८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ गरि उपत्यकाका मात्र ४ हजार १०६ जना संक्रमित भएका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

यसैगरी निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जना निको भएका छन् । हाल नेपालमा निको भन्दा संक्रमित हुनेको संख्या बढी छ ।

निको हुने संक्रमण दर ७८.२ रहेको स्वास्थ्य मन्त्रालयले जनआएको छ । संक्रमण दर तीव्र बन्दै गएपछि पांच दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गए रातिबाट चार्टर फ्लाइट र कार्गोबाहेकका अन्तरराष्ट्रिय उडानमा समेत रोक लगाइएको  छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू