शनिबार, वैशाख ८, २०८१
21:48 | ०२:३३

नेपाल सुपर लिग: ललितपुर र धनगढीले अंक बाँडे

रासस अप्रिल ३०, २०२१

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय गरे । यस्तै खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो ।

यस्तै खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पारे । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उनले पहेलो कार्ड पाए । सोही वापत ललितपुरले पेनाल्टी पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई अग्रता दिलाए । 

यसैगरी खेलको ७९ औं मिनेटमा ललितपुरले गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । उसका लागि रञ्जन विष्टले गोल गरे । एक एक गोलको बराबरी खेलेपछि दुवैले  एकएक अंक बाँडेका छन् । बराबरीपछि धनगढीको तीन खेलमा चार अंक छ भने लतिलपुरको तीन खेलमा दुई अंक छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू