बुधबार, वैशाख १२, २०८१
03:12 | ०७:५७

स्पिनर आश्विन आइपिएलबाट बाहिर

रासस–एएफपी अप्रिल २६, २०२१

नयाँदिल्ली । भारतीय क्रिकेट हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् । 

परिवारका सदस्यहरु कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । 

स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दैछन्   

आश्विनले गरेको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ भनेका छन् । 

भारतमा कोरोनाभाइरस महामारी तीव्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । 

दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ । 

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ संक्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू