शुक्रबार, चैत १६, २०८०
08:12 | १३:५७

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

रासस अप्रिल २५, २०२१

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन् ।

शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । ‘नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई’, ट्वीटमा भनिएको छ ।

शनिबार सम्पन्न फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो  

नेपाललाई उपाधि जिताउने खेलमा कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको ब्याटिङ महत्वपूर्ण सावित भएको थियो  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू