बिहीबार, चैत १५, २०८०
13:06 | १८:५१

नेपालमा कोरोना तीव्र फैलंदै, थप ९०० मा संक्रमण पुष्टि

रासस अप्रिल १६, २०२१


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संखमा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७४ हजार ८१२ छ । निको हुने दर भने ९७ दशमलव एक प्रतिशत छ ।

अहिले देशभर पाँच हजार आठ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा र अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ७० ले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू