शनिबार, साउन १२, २०८१
03:14 | ०७:५९

लन्डन प्लमस्टिडमा ‘अलपत्र’ नेपालीको पहिचानका लागि प्रहरी अपील

नेपाली लिङ्क अप्रिल १५, २०२१

तस्विर: न्यूजशपर

लन्डन ।  साउथ इष्ट लन्डनको प्लमस्टिडमा अलपत्र अवस्थामा फेला परेका एक नेपालीको पहिचानका लागि स्थानीय प्रहरीले सार्वजनिक अपील गरेको छ ।  

ग्रीनवीच प्रहरीले तस्विरसहित प्रकाशन गरेको सूचनामा प्लमस्टिडमामा भेटिएका ‘सम्भावित नेपाली’ व्यक्तिलाई चिन्नेहरुलाई प्रहरीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।  

प्रहरीले अहिले ती व्यक्ति स्थानीय अस्पतालमा उपचाररत रहेको जनाएको छ ।  

प्लमस्टिडमा भेटिएका उनलाई अस्पताल पुर्‍याएर उपचार गराइरहेको जनाइएपनि उनी कहाँ, कुन अवस्थामा भेटिए भन्ने स्पष्ट पारिएको छैन ।  

प्रहरीले सार्वजनिक गरेको तस्विरका व्यक्तिलाई चिन्ने वा उनीबारे कुनै जानकारी हुनेले ९९९ मा टेलिफोन गरेर रिफरेन्स CAD 2668 14 Apr 21 कोट गरी प्रहरीलाई खबर गर्न आव्हान गरिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू