शनिबार, साउन १२, २०८१
06:50 | ११:३५

देउवाको नेतृत्वमा सरकार: महामन्त्री कोइराला

रासस अप्रिल १०, २०२१

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

कोइरालाले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो । 

महामन्त्री कोइरालाले थपे, ‘जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।’ जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए   

कोइरालाले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए । उनले भने, ‘समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू