शनिबार, वैशाख ८, २०८१
09:28 | १४:१३

नेपालमा ‘बेलायती भेरियेन्ट्’ फैलिन थालेपछि कडाइमा उत्रियो सरकार

रात्रीकालिन व्यवसाय ९ बजे बन्द गराउन निर्देशन

नेपाली लिङ्क अप्रिल ७, २०२१

काठमाडौं । पछिल्लो समय बेलायतमा फेला परेको कोरोनाभाइरसको नयाँ ‘भेरियेन्ट्’ नेपालमा फैलिन थालेपछि सरकारले कडाइ गर्ने भएको छ ।  

छिमेकी मुलुक भारतमा बेलायती र ब्राजिलियन भेरिएन्ट  फैलिरहेको तथा यसअघि नेपालमा फेला परेको बेलायती भेरियेन्ट् फैलिने क्रम बढेको मन्त्रालयको भनाइ छ 

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेशबाट फर्किएर घरमै क्वारेन्टिनमा बसेकाहरुको आवश्यक अनुगमन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि बताए ।

सरकारले रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन निर्देशन दिएको छ । ठूला शहरमा ५०० र साना शहरमा १०० भन्दा बढी संक्रमित भए आवागमनमा कडाइ गर्न पनि मन्त्रालयको निर्देशन छ ।  

सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ । सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरिएको छ ।  

आसन्न तीन दिवसिय क्रिकेट म्याचको सन्दर्भमा विदेशबाट आउने टोली वा भ्रमण दलको सदस्य संख्या वा क्वारेन्टाइन अवधि निर्धारण गर्न निर्देशन गरिएको छ 

थप २९८ मा संक्रमण पुष्टि 

देशभर पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १०० जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौँ उपत्यकामा पछिल्लो समय १६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमित दुई लाख ७८ हजार ७६८ पुगेका छन् । 

पछिल्लो २४ घण्टामा एक जना र पहिले नै मृत्यु भएका दुई जनाको आज कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू