शुक्रबार, जेठ ४, २०८१
10:53 | १५:३८

नेपालमा थपिए २६० कोरोना संक्रमित

नेपाली लिङ्क अप्रिल ६, २०२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो ।

अघिल्लो दिन २६६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ७३,४५५ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन हजार ३६ जनाको निधन भएको छ ।

दैनिक रुपमा कोरोना संक्रमण बढेसंगै परीक्षणमा थप कडाइ गर्न थालिएको छ । उपत्यका प्रवेशमा पनि अनिवार्य एन्टिजेन परीक्षण शुरु गरिएको छ ।

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण र आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको छ ।

संक्रमण बढिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने कोरोना रोकथामका लागि सरकारले लकडाउन नगर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू