शनिबार, वैशाख ८, २०८१
13:15 | १८:००

सर्वोच्चले नेकपा खारेजीको फैसला पुनरावलोकन नगर्ने

रासस अप्रिल १, २०२१

काठमाडौं । नेकपाको नामसम्बन्धी मुद्धामा एकता नै खारेज गर्ने गरी भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ ।  

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामाथि पुनरावलोकन माग गर्दै माओवादी केन्द्र अध्यक्ष प्रचन्डले गरेको आग्रह अदालतले अस्वीकार गरेको हो ।  

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बिहीबारको इजलासले यो निर्णय गरेको हो ।

यसअघि फैसला पुनरावलोकनको माग गर्दै मंगलबार मात्रै प्रचण्डले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू