शनिबार, वैशाख ८, २०८१
15:27 | २०:१२

जोशीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

रासस मार्च २७, २०२१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले पार्टी केन्द्रीय कार्यसमिति सदस्य नवीन्द्रराज जोशीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले यही चैत १५, १६ र १७ गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र ती दिनमा शोकका कार्यक्रमहरुबाहेक पार्टीका अरू औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले नेता जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने  तथा १३ औँ पुण्य तिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । 

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीको शुक्रबार उपचारका क्रममा निधन भएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका उनको शनिबार अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदैछ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू