शुक्रबार, वैशाख १०, २०७८
21:50 | ०२:३५

मेसीको अर्को नयां कीर्तिमान

रासस-एएफपी मार्च १६, २०२१

मड्रिड । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी लिओनेल मेसी सफल भएका छन् ।

बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन् । होएस्काविरुद्धको स्पेनिस प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए ।

बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ ।

समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ । रियल मड्रिड भने ५७ अङ्कमा सीमित रहेको छ ।

सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिस लिग र चारपटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू