शुक्रबार, चैत १६, २०८०
01:27 | ०७:१२

बेलायती राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फिर्ता

रासस/एएफपी मार्च १६, २०२१


लण्डन, ३ चैत– बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किएका राजदरबार स्रोतले बताएको छ ।

करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिप राजधानी लण्डनस्थित किङ एडवर्ड अस्पतालमा गत फेब्रुअरी १६ मा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनलाई मुटुसम्बन्धी समस्या पनि देखिएको भन्दै अर्को एक अस्पतालमा सारी उपचार भइरहेको थियो । आफ्नो जीवनकै सम्भवतः लामो अस्पताल बसाईपछि उहाँलाई घर फर्काइएको हो ।

राजकुमार फिलिपको स्वास्थ्य समस्याबारे बिस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन् । राजदरबार स्रोतले फिलिपलाई कोरोनाभाइरससँग सम्बन्धित कुनै समस्या नरहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू