शुक्रबार, चैत १६, २०८०
06:51 | १२:३६

लण्डन पशुपतिनाथ मन्दिरमा करिब डेढ सयले लगाए कोभिड खोप

नेपाली लिङ्क मार्च १५, २०२१

लन्डन । साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आइतबार करिब एक सय ५० जनाले कोभिड खोप लगाएका छन् । 

बिहान १० देखि दिउंसो २ बजेसम्म नेपाली तथा गैरनेपाली समुदायका  सदस्य समेतले खोप लिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले जानकारी दिए । 

समितिले स्थानीयहरुको सुविधालाई ध्यानमा राख्दै मन्दिर प्रांगणमै खोप वितरणको बन्दोबस्त मिलाएको थियो ।

समितिले ५० वर्ष नाघेका र स्वास्थ्य अवस्था प्रतिकुल रहेका १८ वर्षमाथिकालाई खोप लगाउन आह्वान गरेको थियो ।

खोप कार्यक्रममा स्थानीय काउन्सिल लिडर डेनी थोर्ट, काउन्सिलर म्याथयू मरो लगायत नेपाली समुदायका अगुवाहरु पनि सहभागी थिए । 

सो अवसरमा मन्दिरको युथ ग्रुप, आरजिएनएस, चार्ल्टन नेपाली समाज, पासा पुच गुठी, गोर्खा संगठनका प्रतिनिधिहरु लगायतले स्वयमसेवी भूमिका निर्वाह गरेका थिए ।  

अध्यक्ष कंडेल र पण्डित निलहरि घिमिरेले गत साता जिपी डाक्टरहरु डा. शर्मा र डा. अनुज चर्तुवेदीसंग बैठक गरेपछि साउथ इष्टमा रहेका नेपालीलाई खोप सुविधा मिलेको हो ।

मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमै खोप वितरणको व्यवस्था गरिदिने सम्बन्धित डाक्टरहरु तथा स्वयंसेवामा खटिने सबै संघसंस्था र सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू