शुक्रबार, चैत १६, २०८०
14:28 | २०:१३

नेकपाबारे सर्वोच्चको फैसलाबाट बेलायतका समर्थक उत्साहित

नेपाली लिङ्क मार्च ७, २०२१

लन्डन । नेकपा आधिकारिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले बेलायतस्थित सो पार्टीनिकट संगठनका कार्यकर्तालाई उत्साहित बनाएको छ । 

ओली समर्थक प्रवासी नेपाली एकता मञ्च यूकेले आइतबार एक वक्तव्य जारी गर्दै सर्वोच्चको फैसलालाई स्वागत गरेको छ ।  

अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले जारी गरेको वक्तव्यमा सर्वोच्चको फैसलाले दलभित्र उत्पन्न विवाद समाधानको बाटो समेत देखाइदिएको ठहर गरिएको छ ।  

‘नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधताको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा नेपालको सर्वोच्च अदालतले उक्त नामलाई बदर गरिदिएको र साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने गरी गरिएको फैसलालाई हाम्रो संस्था हार्दिक स्वागत गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘यसले नेपालको सत्तारुढ दलभित्र उत्पन्न विवादलाई समाधान गर्ने बाटो खोलिदिएको छ ।’ 

नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमले संस्थाको कार्यक्रम र गतिविधिहरुमा कुनै असर नपर्ने हुंदा पूर्व निर्धारित कार्यक्रम यथावत संचालन हुने जनाइएको छ । 

८ मार्च दिउँसो १२ बजे  शुरु हुने अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम, १० मार्च बेलुकी ६ बजेबाट शुरु हुने बेलायतका लागि नवनियुक्त नेपाली  राजदूतको स्वागत कार्यक्रम र १३ मार्च बिहान ११ बजेबाट शुरु हुने कार्यसमितिको योजना तर्जुमा बैठकलाई सफल पार्न आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक लाग्न मञ्चनिकट सबैमा आव्हान गरिएको छ ।  

हेरौं  वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू