बिहीबार, वैशाख ६, २०८१
03:54 | ०८:३९

तमु समाज यूकेले तेश्रो लटमा बांड्यो खाद्यान्न प्याकेज

नेपाली लिङ्क मार्च १, २०२१


लन्डन । तमु समाज यूकेले कोरोना भाइरसबाट पीडित आफ्ना सदस्य, विद्यार्थी तथा अन्य दुःख भोगेका लन्डनस्थित नेपालीलाई खाद्यान्न वितरण गरेको छ ।

समाजले महामारी भएयता गरेको यो तेश्रो खाद्यान्न वितरण कार्यक्रम हो ।

२८ फेब्रुअरी आइतबार कोभिड १९ संक्रमित, संक्रमणबाट रिकभर भइसकेका समाजका आजीवन सदस्यहरु र नेपाली विद्यार्थीलाई सगुन स्वरुप खाद्यान्न वितरण गरेको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

आइतबार ३३ जनालाई खाद्यान्न वितरण गरियो । वितरित प्याकेजमा चामल, दाल, कोदोको पिठो, आलु प्याज थियो । अतिआवश्यक परेका अन्यलाई पनि वितरण गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताए । समाजले आफ्ना आजीवन सदस्यहरु तथा अन्य कोही पनि समस्यामा परेका भए समाजका अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र महासचिव हर्क बहादुर गुरुङलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

समाजले कोरोना त्रासदीबाट मुक्ति पाइरहेका आफ्ना सदस्यहरु र अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरुको मनोवल उच्च बनाउन सहयोग गरेको जनाएको छ ।

सगुन वितरणका लागि संस्थाका अध्यक्ष शिवचन्द्र गुरुङ र उनका श्रीमती मिरा गुरुङ, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, उपाध्यक्ष शिवकुमार गुरुङ, आमा समूहकी निर्वतमान अध्यक्ष तथा सल्लाहकार श्रीमती माया गुरुङ, संस्थाका संयोजक कमल गुरुङ र युवा समूहका अध्यक्ष तथा संस्थाका सचिव ओमकार गुरुङ लगायत खटिएका थिए ।

२७ तारिख शनिबार खाद्यान्न (सगुन) वितरणका लागि तयारी तथा प्याकेजिङ गर्न समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमती बिन्दु घले, युवा समूहका अध्यक्ष ओमकार गरुङ, आजीन सदस्यहरु गंगबहादुर गुरुङ, श्रीमती कृष्णकुमारी गुरुङ, श्रीमती माया गुरुङ, युवा सदस्य सुश्री प्रज्जु गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र आदिले सहयोग गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू