मंगलबार, वैशाख ४, २०८१
11:54 | १६:३९

डिबीसी यूकेको तेस्रो साधारणसभा: गुम्बा निर्माण पूरा गर्न तीन उपसमिति

नेपाली लिङ्क मार्च १, २०२१

लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भर्चुअल साधारणसभामा संस्थाका पदाधिकारीहरू, सदस्यहरू, ट्रस्टीहरू तथा आजिवन सदस्यहरूमको सहभागिता रह्यो ।

साधारणसभामा साउथ इष्ट लन्डनस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले समेत शुभकामना दिएका थिए ।

साधारणसभाले महासचिव योगेश गुरुङ र कोषाध्यक्ष सुर्जे गुरुङले प्रस्तुत गरेका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु पारित गरेको छ ।

त्यसअघि संस्थाकी उपाध्यक्ष मिना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने संस्थाका मूलगुरु आचार्य खेन्पो शिरलम (थुप्तेन येशे) गुरुङले पठाएको शुभकामना सन्देश महासचिव योगेश गुरुङले पढेर सुनाएका थिए ।

त्यसअवसरमा अध्यक्ष सुमलकुमार गुरुङले संस्थाका गतिविधि तथा विधानबारे प्रकाश पारेका थिए । संस्थामा अहिलेसम्म ९६ जना ट्रस्टी सदस्य तथा १६७ जना आजिवन सदस्यहरू दर्ता भएको विवरण उनले दिएका थिए । यसै वर्ष सार्वजनिक गरिएको संस्थाको वेबसाइट अध्यक्ष गुरुङले प्रस्तुत गरेका थिए ।

संस्थाको अभियानलाई पूरा गर्ने उद्धेश्यले साधारणसभाले विभिन्न तीनवटा उपसमिति गठनको निर्णय गरेको छ । मोहन गुरुङको संयोजनमा ९ सदस्यीय गुम्बा निर्माण समिति गठन गरिएको छ ।

त्यस्तै, मिना गुरुङको संयोजनमा १८ जना क्षेत्रीय संस्थाका प्रतिनिधि र ७ जना अन्य सदस्यहरूलाई समेटेर आथिैक संकलन उपसमिति गठन भएको छ । संस्थाको पूजा व्यवस्थापन समितिका लागि श्री चन्द्र गुरुङको संयोजनमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ ।

आगामी दिनमा बुद्धजयन्ती, सागादावा तथा ग्रहशान्तिका पूजाहरू गर्ने निर्णय सभाले गरेको छ । आर्थिक संकलनका लागि आउँदो सेप्टेम्बर महिनामा एक च्यारिटी आयोजना गर्ने र मूलगुरुको निर्देशनअनुसार महात्मा गुरुहरूको आगमनमा बौद्धधर्मसम्बन्धि प्रवचन कार्यक्रमहरू गर्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू