शुक्रबार, वैशाख १०, २०७८
11:31 | १६:१६

गेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत   

रासस मार्च १, २०२१

काठमाडौँ । सरकारले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू