बिहीबार, चैत १५, २०८०
10:43 | १६:२८

साउथ इष्ट रिजनल तमुधिं लन्डनको स्थानीय अस्पताललाई १८३७ पाउण्ड चन्दा

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१

लन्डन । दक्षिणपूर्वी क्षेत्रीय तमुधिं लन्डनले स्थानीय एक अस्पताललाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाले लुइसम एण्ड ग्रीनवीच एनएचएस ट्रष्ट अन्तर्गत सञ्चालित क्वीन एलिजावेथ हस्पिटल, वुलवीचलाई १८३७ पाउण्डको चेक हस्तान्तरण गरेको उपाध्यक्ष हयारी गुरुङले बताए ।

बुधबार मध्यान्ह चाल्र्टन एथलेटिक क्लबमा संस्थाका अध्यक्ष हिरा गुरुङले चेक हस्तान्तरण गरे । साउथ फाउण्डेशन प्रोजेक्ट होपमार्फत सहयोग रकम अस्पताललाई जानेछ ।

चेक हस्तान्तरण कार्यक्रममा अभियान संयोजक निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङ, प्रमुख सल्लाहकार क्याप्टेन रिटायर्ड नरेन बहादुर गुरुङ (एमभिओ), उपाध्यक्षहरु सुमन गुरुङ, हयारी गुरुङ र पार्वती गुरुङ, महासचिव डमर गुरुङ र कोषाध्यक्ष कमला गुरुङ समेत सहभागी थिए । संस्थाले करिब दुई सातामा उक्त चन्दा संकलन गरेको थियो । अभियान संयोजक श्रीचन्द्र गुरुङ, उपाध्यक्ष हयारी गुरुङ लगायतले चन्दा संकलनमा पहल गरेका थिए ।

सन् २००२ मा स्थापित साउथ इष्ट रिजनल तमुधिं लन्डनले स्थापनाकालदेखि नै च्यारिटी काम गर्दै आएको छ । कोभिड महामारीका बेला पनि संस्थाले नेपाली तथा स्थानीय समुदायमा निरन्तर सहयोग गरेको थियो । विशेषगरि वृद्धवृद्धा भूतपूर्व गोर्खाहरुको घरघरमा गएर निशुल्क खाद्यान्न, औषधि उपलब्ध गराउन संस्थाको अहंम भूमिका छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू