बिहीबार, चैत १५, २०८०
13:52 | १९:३७

बेलायतमा एकै दिन १०५२ संक्रमितको मृत्यु

एक करोड २६ लाख बढीले लगाए खोप

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लगातार ओरालो लाग्दै गए पनि मंगलबार ह्वात्तै बढेको छ ।

अघिल्लो दिन ३३३ जनाको मृत्यु भएकोमा मंगलबार मृतक संख्या बढेर १०५२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

पछिल्लो एकसातामा पांच हजार ८३७ जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार ८५० पुगेको छ  ।

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १२ हजार ३६४ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ७२ हजार १४८ पुगेको छ । संक्रमित संख्या भने अघिल्लो दिनको तुलनमा कमी आएको हो ।

बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

हालसम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २६ हजार ७३२ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार २३० जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् । गत महिना बेलायतको अस्पताल भर्ना हुनेको संख्या  ४० हजारको हाराहारीमा पुगेको थियो ।

बेलायतमा एक करोड २६ लाख बढीले लगाए खोप

बेलायतमा एक करोड २६ लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक करोड २६ लाख ४६ हजार ४८६ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख १६ हजार ३९२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू