शुक्रबार, वैशाख ७, २०८१
09:29 | १४:१४

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

रासस/सिन्ह्वा फ्रेब्रवरी ८, २०२१

जो बाइडेन, तस्बिर-एएफपी

वासिङ्टन २६ माघ — अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उनले दिए । ‘यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आएर आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ’- राष्ट्रपति बाइडेनले भने ।

अमेरिकाको सिबीएस न्यूजलाई शुक्रबार दिएको अन्तरवार्तामा बाइडेनले सो कुरामा जोड दिएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए ।

त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू