शुक्रबार, वैशाख ७, २०८१
04:18 | ०९:०३

बेलायत स्वीन्डनका स्वास्थ्यकर्मीलाई नेपालीले खुवाए खाना

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२१


लन्डन । बेलायत स्वीन्डनस्थित नेपाली समाजको पहलमा कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई शनिबार पनि खाना वितरण गरिएको छ ।

नेपाली समाज वील्सायर स्वीन्डनको पहलमा स्थानीय ग्रेट वेस्टर्न अस्पतालमा कार्यरत ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई शनिबार निशुल्क खाना वितरण गरिएको हो ।

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङ, सचिव भवानीप्रसाद गुरुङ र खाना संयोजक तील मगर साथै प्रायोजकहरुले अस्पतालमै खाना बांडेका हुन् । स्वीण्डनमा सञ्चालित मम किङ, याक द हिमालयन किचन र दिवालीसहित तीन रेष्टुरेन्ट, क्याभेन्डिस ग्रोसरी स्टोर र गोर्खा मिनी मार्केटले खाना प्रायोजन गरेका थिए । समाजले केही दिनअघिमात्र पनि ६० जनालाई निशुल्क खाना प्रवन्ध गरेको थियो ।


समाजका अध्यक्ष गुरुङले स्वास्थ्यकर्मीहरुका लागि निशुल्क खाना उपलब्ध गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

नेपाली समाज वील्सायर स्वीण्डनले यसअघि पनि कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई १० हजार पाउण्ड सहयोग गरेको थियो । समाजले ‘होमलेस’ लाई समेत बेला बेला खाना बांड्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू