शुक्रबार, चैत १६, २०८०
05:25 | ११:१०

इटालीमा कोरोना भाइरसका कारण ९० हजार बढीको मृत्यु   

रासस -सिन्ह्वा फ्रेब्रवरी ५, २०२१

रोम । इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ ।

इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको महामारी शुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४४६ जना कुल सङ्क्रमित भएका छन् ।

इटालीमा बुधबार १५ हजार ७४८ कोरोना मुक्त भएपछि कोभिड –१९ को संङ्क्रमण शुरुभएयता हालसम्म २० लाख ७६ हजार ९२८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

बुधबार १३ हजार २७७ जना थप व्यक्तिमा सङ्क्रमण देखिएपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २७७ रहेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू