शनिबार, वैशाख ८, २०८१
09:00 | १३:४५

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए   

रासस–सिन्ह्वा फ्रेब्रवरी ४, २०२१

 

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।

कारबाहीमा अरु तीन जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ । मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकल सहित हातहतियार बरामद भएको जनाएको छ ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर, विद्रोहीहरुले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन् । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू