बुधबार, वैशाख १२, २०८१
14:34 | १९:१९

बेलायतमा कोरोनाबाट थप १३२२ को मृत्यु  

१९ हजार २०२ नयां संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप १३२२ को निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

अघिल्लो दिन मंगलबार १४४९ जना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा सात हजार ४८८ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९ हजार ३३५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा १९ हजार २०२ जना नयां संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा संक्रमित संख्यामा केहि वृद्धि भएपनि एकसातायता बेलायतमा संक्रमित संख्या झण्डै २५ प्रतिशतले घटेको बेलायती अखवारहरुले जनाएका छन् । इंग्ल्याण्डका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्वीटीले बेलायतले कोरोना भाइरस संक्रमणको दोश्रो लहरको सबैभन्दा उच्च बिन्दू (पिक) पार गरेको बताएका छन् ।

नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ७१ हजार ८२५ पुगेको छ । गएको एकसातामा एक लाख ५६ हजार ७७१ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  । हाल यहाँका अस्पतालमा ३२ हजार ८५१जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६३८ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू