बिहीबार, वैशाख १३, २०८१
12:17 | १७:०२

नेपालमा थप १५७ मा कोरोना पुष्टि   

दुई हजार २५ को मृत्यु

रासस जनवरी २९, २०२१

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ७४५ पुगेको छ ।

त्यस्तै, पछिल्लो समय थप ३३३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ । अहिले देशभर तीन हजार २२ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १११ जना क्वारेन्टिनमा छन् । एक हजार २४९ जना होम आइसोलेसनमा छन् भने १४७ जनाको आकस्मिक र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म २० लाख ६४ हजार ८१ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू