शनिबार, साउन १२, २०८१
03:23 | ०८:०८

विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशमा थप १४ दिन रोक

रासस-सिन्ह्वा जनवरी ११, २०२१

जकार्ता । विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ ।

कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए ।

सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उनले बताए ।

राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि प्रतिवन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन् ।

सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेसिया प्रवेश नपाउने भएका छन् ।

इन्डोनेसियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो ।

विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पुरा गरेर इन्डोनेसियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू