बिहीबार, वैशाख २०, २०८१
00:12 | ०४:५७

बेलायतमा एक हप्ताभित्र तीन हजार १६० को मृत्यु

२४ घन्टामा ५०६ संक्रमितको मृत्यु

नेपाली लिङ्क डिसेम्बर १५, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ९०८ पुगेको जनाएको छ ।

गएको एकसातामा मात्र तीन हजार १६० जनाको मृत्यु भएको छ । यसैगरी २४ घण्टाभित्र १८ हजार ४६० जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा संक्रमितको संख्या १८ लाख ८८ हजार ११६ पुगेको छ ।

यसैगरी गएको २४ घन्टामा एक हजार ६३७ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको स्वास्थ्य विभागले जनाएको छ । हाल यहाँका हस्पिटलमा १७ हजार भन्दा बढी कोरोनाका बिरामीहरु छन् भने भेन्टिलेटर बेडमा मात्र एक हजार २८८ जनाको उपचार भैरहेको छ ।

संक्रमण दर बढ्दै गएका कारण बुधबारबाट लण्डनमा थप कडा प्रतिन्बन्ध लागू गरिने भएको छ । संक्रमणका आधारमा यसअघि टियर २ अर्थात् उच्च अलर्ट तहमा रहेको लण्डनलाई अब टियर ३ (अति उच्च अलर्ट ) मा लैजाने निर्णय गरिएसंगै प्रतिवन्धहरु पनि थप कडा हुने भएका हुन् ।

टियर ३ मा पर्ने  क्षेत्रभित्र एक परिवारले अर्को परिवारसंग इन्डोर जमघटमा पूर्ण प्रतिवन्ध रहनेछ । पार्क, समुद्र जस्ता स्थानमा ‘ग्रुप अफ सिक्स’ को नियमअन्तर्गत ६ जनासम्म भेट गर्न पाइनेछ ।

पसल, जीम र हेयर ड्रेसरसहित पर्सनल केयर सर्भिसहरु खोल्न पाइनेछ । पब, बार, क्याफे तथा रेष्टुरेन्टहरुमा टेकवेबाहेक सबै बन्द रहनेछन् । टियर ३ का क्षेत्रबाट अरु क्षेत्रहरुको यात्रा पनि नगर्न आव्हान गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू