आइतबार, जेठ ६, २०८१
15:45 | २०:३०

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ हजार नाघ्यो

२० हजार ९६४ संक्रमित थपिए

नेपाली लिङ्क डिसेम्बर १०, २०२०

लण्डन । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३ ह​जार नाघेको छ । प​छिल्लो २४ घन्टामा थप ५३३ जना कोरोना संक्रमितको ज्यान गएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर सेन्टरले जानकारी दिएको छ ।

योसँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ हजार ८२ पुगेको हो । यसैगरी कोरोना संक्रमितको संख्या पनि विगतका दिन भन्दा निकै बढेको छ ।

बिहिबार साँझ सार्वजनिक तथ्यांक अनुसार बितेको २४ घन्टामा थप २० हजार ९६४ जना संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुको तुलनामा निकै बढी हो ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या १७ लाख ८७ हजार ७८३ पुगेको छ । बेलायतामा अहिले कोरोना विरुद्धको खोप वितरण कार्यक्रम तीव्र रुपमा अघि बढिरहेको छ ।

आउँदो हप्ताबाट स्थानिय जीपीबाट पनि खोप वितरण गरिने भएको छ । हाल ८० वर्ष माथिका केयर होम तथा एनचएस स्टाफहरुलाई खोप वितरण गर्दै आइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू