शुक्रबार, चैत १६, २०८०
09:38 | १५:२३

विदेशमा थप छ जना नेपालीको निधन   

४५ मुलुकमा ४७ हजार ५८३ नेपाली संक्रमित

रासस नोभेम्बर २९, २०२०

लन्डन । कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा चार, पोर्चुगलमा एक र युकेमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन् । यो कूल सङ्क्रमितमध्येको ९१ प्रतिशत छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू