मंगलबार, चैत ६, २०८०
03:23 | ०९:०८

विश्व नेपाली साहित्य महासंघ यूकेको वेष्ट शाखामा पुन: लालसुन्दर राई

नेपाली लिङ्क नोभेम्बर २८, २०२०


लण्डन । विश्व नेपाली साहित्य महासंघ बेलायत,  वेष्ट शाखाले पुन: दोश्रो पल्ट लालसुन्दर राईलाई अध्यक्षमा चयन गरेको छ । 

शनिवार २७ नोभेम्बरका दिन जुममार्फत गरिएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षद्वय भरत लोहोरुङ राई र श्रीमती जानु काम्बाङ लिङदेन, सचिव हरि राई र कोषाध्यक्षमा श्रीमती नानु रानालाई चयन गरेको छ । 

त्यस्तै सदस्यहरूमा झलम राई, श्रीमती मनु पाईजा, श्रीमती गंगा राना गाहा, हेमकुमार राई, श्रीमती चन्द्रकला लिम्बु, जय तामाङ, श्रीमती गोमा राना, जित बुढाथोकी छन्त्याल र श्रीमती सीता शेरचन चयन भएका छन् भने वरिष्ठ रेडियोकर्मी तथा बिएफबिएस गोर्खा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङलाई सल्लाहकारका रूपमा चयन गरिएको छ ।

लालसुन्दर राई

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ बेलायत साउथका अध्यक्ष तथा वातावरण साहित्यका अभियन्ता विजय हितान प्रमुख अतिथि र वरिष्ठ रेडियोकर्मी तथा बिएफबिएस गोर्खा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ बिशिष्ट अतिथि थिए ।

बिश्व नेपाली साहित्य महासंघको अहिलेसम्म २० मुलुकमा जम्मा २७ वटा शाखा छन् भने यसको स्थापना सन् २०१० मा भएको हो ।

उक्त अवसरमा सन् २०१८ मा स्थापना गरिएको वेष्ट शाखाको दुई बर्षे कार्यकालमा गरिएका साहित्यिक गतिविधिहरुबारे सचिव श्रीमती जानू कामबाङ लिङदेनले चर्चा गरिन् भने आर्थिक कारोबारबारे कोषाध्यक्ष श्रीमती नानु रानाले संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

यसै गरी प्रमुख अतिथि र विशिष्ठ अतिथि दुबैले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सचिव जानु काम्बाङ लिङदेनले संचालन गरेको कार्यक्रमको अर्कों चरणमा सबै उपस्थित सर्जकहरूले आफ्ना रचनार बाचन गरेका थिए । 

कार्यक्रम समापन गर्दै निर्वाचित अध्यक्ष लालसुन्दर राईले सम्पूर्ण उपस्थित व्यक्तित्वलाई अमूल्य उपस्थितिको निम्ति संस्थागत अनि व्यक्तिगत कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू