मंगलबार, चैत ६, २०८०
02:23 | ०८:०८

बेलायतमा मोटोपन हुने पनि कोरोना भ्याक्सिनको प्राथमिकतामा

नेपाली लिङ्क नोभेम्बर २८, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन शुरु गर्न करिब एक हप्ता बाँकी रहेको विवरण सार्वजनिक भइरहंदा मोटा मानिसहरुका लागि पनि खुशीको खवर छ । डिसेम्बर ७ तारिखसम्म बेलायतमा आइपुग्ने कोरोना विरुद्धको भ्याक्सिन प्रथामिकताको आधारमा वितरण गरिने सरकारले उल्लेख गरेको छ ।

सार्वजनिक गरिएको प्राथमिकताका आधारमा पहिलो चरणमा बेलायतका  केयर होम रेसिडेन्ट र स्टाफ तथा ८० वर्ष भन्दा माथिका वृद्धवृद्धा पर्दछन् ।

तर, पब्लिक हेल्थ इंग्ल्याण्डले ‘बीएमआई’ का आधारमा मोटोपन भएका मानिसहरुलाई पनि खोपको प्राथमिकतामा राखेको छ । ६० बीएमआइ भन्दा बढी भएका र १८ वर्ष देखि ६५ वर्ष बीचका मोटा मानिसलाई खोपको प्राथमिकता सूचीमा राखिएको हो ।

शारीरिक रुपमा मोटोपन भएका मानिसहरुलाई विभिन्न कारणले बढी घातक हुनसक्ने विज्ञहरुले बताएका छन् । बढी मोटोपन भएका व्यक्तिहरुमा मृत्यु हुने सम्भावना दुई गुणा बढी हुने उनीहरुले बताएका छन् ।

बेलायतले अक्सफोर्ड र अस्ट्राजेनेका, फाइजर, मोडर्ना लगायत विभिन्न औषधि कम्पनीका डेढ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू